राजनीति

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीबीच झडप

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमै नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। पार्टी कार्यालय सानेपामा विद्यार्थीका दुई समूहबीच हातहालाहाल भएको हो।

झडपमा दुई जना घाइते भएको र उनीहरुलाई स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ। घाइते हुनेमा लक्षमी बोगटी र कमल पन्त रहेका छन्।

संगठनमा उमेर हद लागु गर्न माग गर्दै अनशन बसेका विद्यार्थीले सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा प्रवेश गर्नासाथ नारा लगाएका थिए। त्यही समयमा अर्को समूहले आक्रमण गरेको थियो।

प्रकाशित: १३ माघ २०७६ ११:०९ सोमबार

कांग्रेस नेवि_संघ झडप