राजनीति

नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ

काठमाडौं - नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च ओहोदाका व्यक्तिहरु उपस्थित थिए।

प्रतिनिधि सभाको आइतबारको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। शपथ ग्रहणपछि सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ।

प्रकाशित: १३ माघ २०७६ ०६:५१ सोमबार

सभामुख अग्निप्रसाद_सापकोटा