राजनीति

सभामुखको निर्वाचन हुँदै (LIVE)

काठमाडौं- प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज हुँदैछ। सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन्।    
    
      तत्कालीन सभामुख कृष्णबहादुर महराले आफू महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १२ माघ २०७६ ०९:५७ आइतबार

सभामुख निर्वाचन संसद