राजनीति

सत्यनिरूपण र बेपत्ता आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं- सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले सपथ लिएका छन्। दुवै आयोग रिक्त भएको नौ महिनापछि नयाँ पदाधिकारीले बिहीबार सपथ लिएका हुन्। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको समितिले आयोगका पादाधिकारीको नाम सिफारिस गरेको थियो।

सत्यनिरूपणका लागि गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद तथा गोपनियताको सपथ गराए।  यस्तै दुवै अध्यक्षले आयोगका सदस्यहरुलाई सर्वोच्च अदालतमा आयोजित एक समारोहमा सपथ गराए।

सत्यनिरुपण आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता प्रचण्डराज श्रेष्ठ (काभ्रे), वरिष्ठ अधिवक्ता तथा नेपाल ल क्याम्पसका पूर्वप्रमुख गोविन्द गौतम (दाङ), अधिवक्ता मन दाहाल (मोरङ) र अधिवक्ता विष्णु पोखरेल (बर्दिया) छन्। त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी (चितवन), अधिवक्ता गंगाधर अधिकारी पिएचडी (बागलुङ), अधिवक्ता सुनिल रञ्जन सिंह (सर्लाही), अधिवक्ता सरिता थापा मगर (तनहुँ) छन्।

प्रकाशित: ९ माघ २०७६ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App