राजनीति

सहमति खोज्दै कांग्रेस शीर्ष नेता

फाइल तस्बिर: नागरिक

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्। केही दिनदेखिको संवादहीनतालाई तोड्दै आइतबार साँझ सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भयो। छलफल देउवा निवास बुढानीलकण्ठमा भएको हो।

छलफलमा पौडेल र सिटौलाले केन्द्रीय समितिले बहुमतका आधारमा १४औं महाधिवेशनका विषयमा लिएका निर्णय सच्याउन सभापति देउवालाई आग्रह गरे। १४औं महाधिवेशनको सार्वजनिक कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधन गर्नुपर्ने प्रस्ताव पौडेल र सिटौलाले राखे। तर, सभापति देउवाले महाधिवेशन कार्यतालिकामा केही संशोधन सकारात्मक देखिए पनि मिति भने परिवर्तन नहुने बताए।

नेता पौडेल नयाँदिल्लीबाट फर्केपछि विवाद समाधानका विषयमा थप छलफल गर्ने समझदारी भएको स्रोतको दाबी छ। पौडेल सोमबार नयाँदिल्ली जाँदैछन्।

प्रकाशित: २८ पुस २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App