राजनीति

राप्रपा संयुक्त तल्लो तहसम्म जाने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतीको सामना गर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन्। राप्रपा (संयुक्त) कठिन परीक्षाको घडीमा रहेको स्वीकार गर्दै मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सच्चिएर जाने हो भने अहिले पनि नेपाली जनताले राष्ट्रवादी शक्तिलाई स्वागत गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘हाम्रो बटमलाइन भनेको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र हो। यसैलाई स्पष्ट रूपमा जनतामाझ लिएर जानु पर्दछ। बेथिति चिर्न सके लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्,’ राप्रपा (संयुक्त) का उच्च कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठको भनाइ छ। उच्च कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले भने, ‘धर्महरूको धर्म हिन्दु धर्मको मान्यता बोकेर हिँड्ने पार्टी जनताको भरोसाबाट चुकेको छ। त्यसकारण विश्वसनीयता कायम गर्नु नै अहिलेको मूल चुनौती हो।

राप्रपा (संयुक्त) सम्बद्ध पाँचथर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा पाँचथर जिल्ला समिति सदस्य स्वर्गीय जीतबहादुर अगुवाको सम्मानमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन्। ‘हामी कहाँ चुक्यौं, विश्लेषण गरेर सच्चिन जरुरी छ। सच्चिन सकिएन भने हाम्रो अगाडिको बाटो कठिन छ,’ उच्च कार्यसम्पादन समिति सदस्य श्याम तिमिल्सिनाले भने। ‘हामी सच्चिन सके मात्र जीतबहादुर अगुवा जस्ता होनहार कार्यकर्ताको चाहना बमोजिम राष्ट्रिय राजनीतिमा पार्टी स्थापित हुनेछ।’

प्रकाशित: ९ पुस २०७६ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App