राजनीति

नेकपा सचिवालय बैठकः स्थायी समिती बैठकका एजेण्डा तय

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ। ओली र दाहाल परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो। त्यसैगरि केन्द्रिय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ।

प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताए। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तिव्र सुधार भइरहेको जानकारी गराएका थिए। सचिवालय बैठकले प्रधानमन्त्रीको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App