राजनीति

सिरहाको कल्याणपुर १२ मा नेकपाका उम्मेदवार विजयी

विजय भएका दिलिप दायाँबाट पहिलो।

सिरहा - सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन्। उनले ८२५ मत प्राप्त गरेक छन। यादवका निकटतम प्रतिस्प्रधि राष्ट्रिय जनता पार्टीका (राजपा)प्रदिप कुमार महतोले ६५४ मत प्राप्त गरे। यादव १७१ बढी मत ल्याएर विजयी भएका हुन्।

यस्तै नेपाली कांग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेका छन। सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले १६० मत पाए। शनिबार सम्पन्न मतदानमा २४८० मत खसेको थियो। उक्त वडामा ३४५० मतदाता थिए। गत स्थानीय तहको निर्वाचनमा यस वडामा काँग्रेसका उम्मेदवारले जितेका थिए। उनको मृत्युभएपछि यस वडामा उपनिर्वाचन भएको हो ।

प्रकाशित: १५ मंसिर २०७६ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App