राजनीति

मन्त्री भट्टले कर्मचारीलाई भने : गलत काम नगर्नुस्

काठमाडौं- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गलत काम नगर्न कर्मचारीहरुलाई सचेत गराएका छन्। मन्त्री भट्टले मुलुकको भोलीका आवश्यक्ता पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिए। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूराना कार्यशैलीले काम गरेर मुलुकको आजको आवश्यक्ता पूरा नहुने भन्दै कार्यशैली परिवर्तन गर्न कर्मचारीलाई आग्रह गरे। मन्त्री भट्टले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय नारालाई सफल बनाउने गरी काम गर्नुपर्ने चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनताको सेवकको रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। उनले आफू कामै गरेर देखाउन सरकारमा आएको उल्लेख गर्दै सरकारको काम गर्ने शैलीमा परिवर्तन हुँदै जाने पनि बताए।

राज्यमन्त्री दुगडले उद्योगी व्यवसायीहरुलाई पनि मुलुकको समृद्धिका लागि योगदान पुर्याउन आग्रह गरे।

 

प्रकाशित: ९ मंसिर २०७६ १२:५४ सोमबार

कर्मचारी उद्योगत निर्देशन