राजनीति

'लोकतन्त्र कम्यूनिष्टहरुका कारण खतरामा'

पाँचथर - लोकतन्त्र दिनप्रतिदिन कम्युनिष्ट पार्टीका कारण खतरामा परेको नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। निर्वाचनबाट चुनिएकाहरु तानाशाह हुन्छन् भन्ने उदाहरण नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरे पुग्ने उनको टिप्पणी रहेको थियो ।

नेपाली काग्रेसले फाल्गुनन्द गाँउपालिकाको नवमिडाँडा बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन । ‘गीत गाँउन नपाउने, कविता लेख्न नपाउने, बोल्न नपाउने यो कस्तो व्यवहार हो । दुई तिहाई सबै सबैधानीक निकाय ध्वास्त बनाउँदै लगेको छ । अदालत डराएर बसेको छ । राष्ट्रपतिको संस्था बदनाम बन्दै गहिरहेको छ ।

यस्तो अवस्थामा हामीले प्राप्त गरेको उपलब्धि खतरामा परेको छ’ पाडेलले भने ‘कम्युनिष्ट पार्टी न कम्युनिष्ट जस्ता भए, न लोकतन्त्रबादी जस्ता भए। यस्तो सिद्धान्तविहिनताको अवस्थाबाट कसरी मुलुकको विकास विकास हुन्छ ?’ उपनिर्वाचनको माध्यमबाट सरकारलाई देखाउने बेला आएको उनको भनाइ छ । देशभरका विभिन्न ठाँउमा हुने उपनिर्वाचनमार्फत सरकारको अलोकप्रिय कामका विरुद्ध जनमत बनाउन आवश्यक छ । आधादर्जन केन्द्रीय नेताहरुसहित आएका पौडेलले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरे ।

]‘यहाँनै तपाईहरुले देख्नु भएको निर्वाचनको आचारसंहिता चरम उल्लघन भईरहेको छ । सरकारमा रहेका व्याक्तिहरु पदको दुरुपयोग गरिरहेका छन् । प्रशासन लगायतको शक्ति दुरुपयोगको अवस्थाले कम्युनिष्ट छवि देखाएको छ’ पौडेलले भने ‘सीमा अतिक्रमणका बारेमा तत्काल सरकारले बोल्नु पर्नेमा मौन देखिन्छ ।’

सभामा केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, धनराज गुरुङ, गुरुराज घिमिरे, बन्द्री पाण्डे, रामहरि खतिवडा, नरेन्द्र कुमार केरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए । निक्कै ठूलो सहभागिता गराएर आयोजना भएको सभा उपनिर्वाचन लक्षित रहेको थियो ।

प्रकाशित: ३० कार्तिक २०७६ १२:४६ शनिबार

लोकतन्त्र कम्यूनिष्ट