राजनीति

चीनले मिचेको नेपाली भूमि फिर्ता माग्दै राजधानीमा प्रदर्शन

काठमाडौं– चार जिल्लाको ११ ठाउँमा चीनले नेपाली सीमा मिचेको प्रतिवेदन सार्वजनिक भएपछि राजधानीमा विरोध प्रदर्शन भएको छ।

मिचिएको नेपाली भूमि फिर्ता माग्दै शनिबार अपराह्न मौलिक जरोकिलो पार्टीले गोंगबुस्थित नयाँ बसपार्क नजिकै विरोध प्रदर्शन तथा दबाबमुलक कोणसभा गरेको हो।

उक्त पार्टीले भारतका साथै चीनबाट पनि मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्ने माग गरेको छ। 

‘भारतले नेपालसँग सीमा जोडिएका २३ जिल्लाको ७१ ठाउँमा र चीनले ४ जिल्लाको ११ ठाउँमा  मिचेको भूमि फिर्ता गर्नका लागि तत्काल सरकारले पहल गर्नुपर्छ’, पार्टीका प्रवक्ता लीला बहादुर बाँनियाले भने, ‘फिर्ताका लागि सरकारबाट तत्काल पहल नभए थप आन्दोलन चर्काउँछौं।’ 

भारतले लिपुलेक र कालापानी नयाँ नक्सामा राखेपछि देशभर भारतविरूद्ध प्रदर्शन भइरहेका बेला चीनले पनि सीमा मिचेकाे तथ्यांक सार्वजनिक भएपछि विराेध सुरू भएकाे छ।

प्रकाशित: २३ कार्तिक २०७६ १४:१७ शनिबार

चीन नेपाली_भूमि फिर्ता प्रदर्शन मौलिक_जरोकिलो_पार्टी