राजनीति

भारतले जारी गरेको नक्साको विरोधमा नेवि संघको प्रदर्शन

काठमाडौं- भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर सार्वजनिक गरेको नक्साको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले पशुपति क्याम्पसबाट जुलुश निकालेका थिए। उनीहरुले कालापानी हाम्रो हो, गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए।

भारतले केही दिन अघि जारी गरेको नक्सामा नेपाली भूमिलाई आफ्नो क्षेत्रमा देखाएको छ। भारतको उक्त कदमको चौतर्फि विरोध भइरहेको छ।

सत्तारुढ अनेरास्वियूले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको थियो।

प्रकाशित: २२ कार्तिक २०७६ ०८:५१ शुक्रबार

सीमाना कालापानी नेवि_संघ प्रदर्शन