राजनीति

उपनिर्वाचन : उम्मेदवारी दर्ता नहुँंदै प्रचारप्रसार सुरु

भक्तपुर – उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नआउँदै भक्तपुरमा चुनावी प्रचारप्रसार सुरु भएको छ। उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन बिहीबार तोकिएको छ। तर यसअघि नै दलहरूले चुनावी ¥याली तथा सभा सुरु गरेका छन्। रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टी नेपालले सोमबार दुवाकोटमा चुनावी -याली निकालेको छ। ¥याली सल्लाघारीबाट दुवाकोटमा पुगेर सभामा परिणत भएको थियो। सभामा पार्टी केन्द्रीय संयोजक मिश्रलगायतले बोलेका थिए।

जिल्लामा सक्रिय अन्य राजनीतिक दलले पनि औपचारिक रूपमा चुनावी कार्यक्रम नगरे पनि चुनाव केन्द्रित गतिविधि यसअघिबाट नै सुरु गरिसकेका थिए। नेपाली कांग्रेस, नेकपा अनि नेपाल मजदुर किसान पार्टी(नेमकिपा)लगायतले चुनावीसभा नभने पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका थिए। नेपाली कांग्रेस, नेकपालगायतले आन्तरिक तयारीका रूपमा कोठे कार्यकर्ता भेटघाट गरे पनि भक्तपुरमा पकड जमाउँंदै आएको नेपाल मजदुर किसान पार्टीले अर्कै नाम दिएर चुनाव हुने क्षेत्रमा यसअघि नै औपचारिक सार्वजनिक कार्यक्रम थालिसकेको छ। नेमकिपाले हालै सम्पन्न महाधिवेशन कार्यक्रमको सन्देश प्रवाह कार्यक्रम भन्दै औपचारिक सभा समारोह थालिसकेको छ।

जिल्लामा हालसम्म सतारूढ नेकपा र विवेकशील साझा पार्टी नेपालले मात्रै उम्मेदवारको औपचारिक घोषणा गरिसकेको छ। नेकपाले पार्टी सचिव देवीप्रसाद (डीपी) ढकाललाई उम्मेदवार बनाएको छ भने साझा पार्टी नेपालले सुरज प्रधानलाई उम्मेदवार घोषणा गरी प्रचारप्रसार नै सुरु गरेको हो।

साझा पार्टी नेपालका उम्मेदवार सुरज प्रधानले सक्षम नेतृत्वलाई मौका नदिए देशको अवस्था नफेरिने भन्दै अब जनता सचेत हुनुपर्ने बेला आएको बताए। परम्परागत पार्टीलाई नभई अब नयाँं जोशजाँंगरका साथ देश बनाउँंछु भनेर आएका पार्टीका सक्षम उम्मेदरवारलाई मतदान गर्न उनको विशेष आग्रह छ। यद्यपि यस निर्वाचनमा पनि यहाँंका तीनवटा मुख्य दल नेकपा, नेपाली कांंग्रेस र भक्तपुरमा पकड जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच नै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सतारूढ नेकपाले पूर्व माओवादी डीपी ढकाललाई उम्मेदवार बनाएसँंगै पार्टीका जिल्लास्तरीय नेताले नै टुष्टिट उम्मेदवार उठाएको भन्दै औपचारिक रूपमै विरोध गरेका छन्। नेकपाले जिल्लाको सिफारिसका आधारमा आइतबार मात्रै ढकालको उम्मेदवारी घोषणा गरेको थियो। यस क्षेत्रमा यसअघि हालको सतारूढ नेकपा तथा तत्कालीन एमालेका उम्मेदवारले जितेका थिए।

ढकाल गत चुनावमा पनि यही स्थानबाट माओवादीका तर्फबाट उम्मेदवार थिए। उनी त्यसबेला कुल सात सय ८४ मतमा खुम्चिएका थिए। त्यतिबेला तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत पाएका थिए। नेमकिपाका निरज लवजूले सात हजार ११ मत पाएर तेस्रो स्थानमा थिए। विवेकशीलका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए।

उक्त निर्वाचनमा विजयी हासिल गरेका लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि अहिले यो स्थानमा उपनिर्वाचन हुन लागेको हो। भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा पनि निर्वाचन हुन लागेको हो। उपनिर्वाचनको लागि कार्तिक २१ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले ५४ मतदान केन्द्र निर्धारण गरेको छ। चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको सो क्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। सो क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको र २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कुल एक हजार चार सय ८४ मतदाता थपिएको जनाइएको छ। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

टुरिष्ट उम्मेदवार उठाएको भन्दै तालाबन्दी
यसैबीच, स्थानीयलाई नभई बाहरबाट ल्याएर उम्मेदवार उठाएको भन्दै नेकपा सूर्यविनायक भक्तपुर कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ। भक्तपुर १ (क) का लागि पार्टीले डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै कार्यालयमा तालाबन्दी गरिएको हो।

पार्टीका जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन्।

पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका थिए। पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो। निर्णय नसच्याएसम्म पार्टी कार्यालयको तालाबन्दी नरोकिने उनीहरुले बताए। गएको निर्वाचनमा उम्मेदवार भई जम्मा सात ८६ मतमा खुम्चिएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भन्दै उनीहरूले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने माग राखे।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App