राजनीति

साकेलामा तीन दलका उम्मेदवारको टुंगो

खोटाङ – खोटाङको साकेला गाउँपालिका–३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि तीन दलले उम्मेदवार टुंगो लगाएका छन्। तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि सो स्थानमा उपनिर्वाचनका हुँदैछ।

उपनिर्वाचनका लागि नेकपाले स्वर्गीय मणिकुमारकी श्रीमती शिवकला राईलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, नेपाली कांग्रेसले शुक्र तामाङलाई र समाजवादी पार्टीले पनि रमेश राईलाई उम्मेदवार उठाउने भएको छ।

रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउन राजनैतिक दललाई उपनिर्वाचनको चटारो सुरु भएको छ। जितका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादीलगायतका पार्टीको दौडधूप सुरु भएको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:०९ मंगलबार

साकेला_गाउँपालिका उम्मेदवार टुंगो