राजनीति

वडाध्यक्षमा मियाको नाम सर्वसम्मत

रौतहट – रौतहटको गढीमाई नगरपालिका–२ मा हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवार चयन गरेको छ। पार्टी जिल्ला समितिको बैठकले आउँदो निर्वाचनको लागि जवार मियाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको नेकपा रौतहटका जिल्ला इन्चार्ज समिर भट्टराईले जानकारी दिए।

नेकपा, नेपाली कांग्रेस र मधेसवादी दलको त्रिकोणात्मक प्रतिस्पर्धा हुने विश्वास गरिएको गढीमाई–२ मा सबै पार्टीलाई उछिन्दै उम्मेदवार चयनमा नेकपा पहिलो भएको छ। नाम सिफारिस भएपछि मियाले आफूले वडावासीको सेवा गर्ने अवसर पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:५२ शुक्रबार

उपनिर्वाचन