राजनीति

वडाध्यक्षमा नेकपाबाट मियाको नाम सर्वसम्मत

रौतहट– मंसिर १४ गते हुने उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिका–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ। गरुडाको मित्रनगरस्थित तुलसीलाल स्मृति सभा भवनमा बसेको पार्टी जिल्ला कमिटीको बैठकले आउँदो निर्वाचनको लागि सर्वसम्मतले जवार मियाको नाम उम्मेदवारको रुपमा सिफारिश गरेको नेकपा रौतहटका जिल्ला इन्चार्ज समिर भट्टराईले जानकारी गराएका छन्।

गत स्थानीय तहको निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका मिया शान्त स्वभावका शालीन व्यक्तित्व मानिन्छन्। नेकपा, नेपाली कांग्रेस र मधेसवादी दलको त्रिकोणात्मक प्रतिस्पर्धा हुने विश्वास गरिएको गढीमाई २ मा सबै पार्टीलाई उछिन्दै उम्मेदवार चयनमा नेकपा पहिलो भएको छ। नाम सिफारिश भएपछि मियाले आफूले वडाबासीको सेवा गर्ने अवसर पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १४ कार्तिक २०७६ १०:४४ बिहीबार

उपनिर्वाचन नेकपा उम्मेदवार_सिफारिस