राजनीति

एनआरए सम्मेलनको दोस्रो दिन, निर्वाचन प्रक्रिया सुरु

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) विश्व सम्मेलनको दोश्रो दिन आज निर्वाचन प्रक्रिया सुरु भएको छ। अहिले १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसकन्नु पर्नेछ।

१२:३० मा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। १२ :३० देखि १ : ३० सम्म उम्मेदवारमाथी दावी विरोधको समय रहेको छ। ४ बजे उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरिने र बेलुकी ५ बजेदेखि १० बजेसम्म मतदान गरिने निर्वाचन आयुक्त शिव रिजालले बताए। मतदान सकिएको केहि समयपछि उम्मेदवारहरुबीच सहमतिका आधारमा मतगणना सुरु गरिनेछ।

हिजोबाट सुरु भएको विश्व सम्मेलनमा विश्वभरीबाट ८१ देशबाट करिब २६ सय १३ मतदाताले रजिष्ट्रेसन गरेका छन्। विधुतीय मतदान हुने भएकोले निर्वाचन परिणाम २ घण्टामा नै आउने बताइएको छ।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन हिजो काठमाडौंमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन्।

प्रकाशित: २९ आश्विन २०७६ ०६:१५ बुधबार

एनआरएन निर्वाचन विश्व_सम्मेलन