राजनीति

अमेरिकी राजदूतले भेटे देउवा र नेपाल

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार सभापति देउवालाई भेट्न राजदूत बेरी बिहीबार बिहान उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई देशबीचर रहेको दशकौंदेखिको सम्बन्ध थप मजबुत बनाउने तथा दुई पक्षीय आपसी हितका विषयमा कुराकानी भएको राजदूताबासले जानकारी दिएको छ।

यस्तै नेकपाका नेता एवं वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग उनको निजी निवास कोटेश्वरमा भेट भएको हो। भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रम, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासको भनाइ छ।

प्रकाशित: १० आश्विन २०७६ ०१:१३ शुक्रबार

नेपाली_कांग्रेस राजदूत