राजनीति

सभामुख महरा काजकिस्तान प्रस्थान

काठमाडौं - सभामुख कृष्णबहादुर महरा शनिबार काजकिस्तान प्रस्थान गरेका छन्। युरोसियन मुलुकका सभामुखहरू सहभागी हुने बैठकमा भाग लिन महरासहित नेपालबाट छ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो।

प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्।

सेप्टेम्बर २२ देखि २५ सम्म काजकिस्तानको अस्तानमा हुने युरेसियन देशका संसदका सभामुखहरूको चौथो बैठकलाई सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको महराको सचिवालयले जनाएको छ।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।

प्रकाशित: ४ आश्विन २०७६ ०६:१५ शनिबार

सभामुख कृष्णबहादुर_महरा