राजनीति

वामदेव गौतमलाई पनि डेंगी संक्रमण भएको आशंका

फाइल फाेटाे।

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमलाई डेंगी संक्रमण भएको आशंका गरिएको छ। शनिबारबाट उच्च ज्वरो आएपछि डेंगीको आशंकामा उनी टेकु अस्पताल पुगेका थिए।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले डेंगीनै भएको प्रमाणित नभएको बताए। अस्पतालमा चेकअप गराइएको हो। उनले भने, 'डेंगीनै भएको भन्ने प्रमाणित भएको छैन। आशंका गरिएको हो। अहिले घरमै आराम गरेर बसिरहनु भएको छ।'

 

प्रकाशित: २४ भाद्र २०७६ ०२:३७ मंगलबार

नेकपा बामदेव_गौतम डेंगी