राजनीति

हिन्दु धर्मको कारण दलितमाथि हुने विभेद अन्त्य गर्न कठिनः भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मले जातभातको प्रथालाई प्राथमिकता दिएकाले नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको बताएका छन्। बिहिबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गरेका छन्। उनले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

प्रकाशित: १९ भाद्र २०७६ ०८:२५ बिहीबार

डा._बाबुराम_भट्टराई दलित_मुक्ति_आन्दोलन हिन्दु_धर्म