राजनीति

मन्त्रिपरिषद्को बैठक अब भिडियो कन्फ्रेन्सिङ्गबाट

काठमाडौं- नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ। 

बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संशोधन गरि प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरि नियमावली संशोधन गरिएको संचारमन्त्री बास्कोटाले जानकारी दिए।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्रीले भिडियो कन्फ्रेंसिंगमार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नु हुनेछ।

यस्तै मन्त्रिपरिषदको बैठकले तराई मधेस द्रुत मार्गको केही स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ५ भाद्र २०७६ १२:१७ बिहीबार

मन्त्रिपरिषद्_बैठक भिडियो_कन्फ्रेंसिंग