राजनीति

‘नेपालको संविधान पत्रकारको लागि संसारकै उत्कृष्ट’

भैरहवा– नेपालको संविधानले पत्रकारिता क्षेत्रको लागि सबैभन्दा महत्वपूर्ण र बलियो व्यवस्था गरेको संविधानविद् रामनारयण विडारीले बताएका छन्। 

लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रियसभाका सांसद समेत रहेका विडारीले भने, ‘संसारमा पत्रकार र मिडिया क्षेत्रको लागि नेपालको संविधानले अत्यन्तै महत्वपूर्ण व्यवस्था गरेको छ। पत्रकारले जे लेखे पनि सञ्चारगृह कहिल्यै खारेज हुँदैन।’

थाहा प्रतिष्ठानका अध्यक्ष समेत रहेका विडारीले जनतालाई सबै कुरामा थाहा दिने पत्रकारिता जगतको लागि नेपालको संविधानमा जस्तो राम्रो व्यवस्था कतै नभएको पनि बताए। उनले भने, ‘सूचनाको हकसंगै गोपनियताको हकलाई पनि ख्याल गरेमा पत्रकारिता क्षेत्र कहिल्यै विवादमा आउँदैन।’

प्रकाशित: ३२ श्रावण २०७६ १४:४७ शनिबार

नेपालको_संविधान पत्रकार रामनारयण_विडारी