राजनीति

‘सहर हरियाली बनाउने अभियानमा साथ दिनुस्’

फाइल तस्बिर ।

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरूलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्।

मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिकस्थल, सहरहरूलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गरिरहेको पनि स्पष्ट पारे। उनले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई सचेत गराए।

भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढ्दो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतीको रूपमा उभिएको उल्लेख गरे। ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्षभित्र पाँच करोड वृक्षारोपण गर्ने लक्ष्य लिनुपरेको पनि स्पष्ट पारे।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

प्रकाशित: २४ श्रावण २०७६ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App