राजनीति

सांसद किँराती भन्छन् : बेथितिले सीमा नाघ्यो, सहने शक्ति कहाँबाट आर्जन गरौं ?

काठमाडौं- सांसद सुदन किराँतीले सबै तर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सीमा नाघेको बताएका छन्। संसदको शून्य समयमा बोल्दै उनले भने, 'बेथितिले सीमा नाघ्यो सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’  

स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसंग माग समेत गरे।

उनले भने “आज ११ बजेर ३० मिनेट जादा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ। कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिईएन। किन भने गाउँपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ। दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ। काठमाडौं भन्दा १० गुणा ठूलो एउटा वडा पहाडमा छ। जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन। जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो। होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो। ”

प्रकाशित: २३ श्रावण २०७६ १०:३६ बिहीबार

सांसद बेथिति शक्ति