राजनीति

मधेसी आयोगको खर्चः गोष्ठी र अनुशिक्षणमा मात्रै साढे ३ करोड

काठमाडौं– मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे तीन करोड रूपैयाँ बढी खर्च गरेको छ।

आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/०७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि तीन करोड ५६ लाख ८१ हजार एक सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो।

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो। त्यसै गरी जनचेतनामूलक रेडियो जिंगल निर्माणमा र प्रसारणमा साढे ४ लाख बढी खर्च गरेको छ।

पाँच करोड ९० लाख रुपैयाँ विनियोजन भएको आयोगले एक करोड ५२ लाख १८ हजार आठ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ। २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रूपमा डा. विजयकुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए। आयोगका चार सदस्यको पद रिक्त छन्।

प्रकाशित: २० श्रावण २०७६ ११:५३ सोमबार

मधेसी_आयोग खर्च