राजनीति

संसद बैठक स्थगित

संसद बैठक अवराेध गर्दै कांग्रेस तथा राजपाका सांसद। तस्बिरः नागरिक

काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

आजको बैठकमा कांग्रेस र राजपाका सांसदले उभिएर नाराबाजी गरेका थिए। उनीहरुले 'निर्मला पन्तका हत्यारालाई कारबाही गर, सर्लाहीमा प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको छानबिन गर' भन्दै नारा लगाएका थिए। यसअघि सोमबारको बैठक पनि कांग्रेस र राजपाका सांसदको अवरोधका कारण स्थगित भएको थियो।

प्रकाशित: १५ श्रावण २०७६ ०६:२५ बुधबार

प्रमुख_प्रतिपक्षी_नेपाली_कांग्रेस राजपा संसद_बैठक स्थगित