राजनीति

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

हेटाैंडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि  पौडेलले  प्रदेश नं ३ को राजधानी  हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग  आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

मुख्यमन्त्री पौडेलले राजधानी कायम गर्न विभिन्न संवैधानिक एवम् कानूनी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै स्थायी राजधानीको चाँडै टुङ्गो लाग्ने बताए।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका १३ जिल्लामध्ये हेटौँडा स्थायी राजधानीका लागि उपयुक्त स्थान हेटौँडा रहेको बताए। उनले सबै प्रक्रिया मिलाई राजधानीको टुङ्गो लगाउनुपर्ने बताए।

बुद्धिजीवी एवम् समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा राजधानीका लागि अत्यन्त उत्तम रहेको बताउनुभयो । उहाँले स्थायी राजधानी कायम गर्ने विषयमा ढिलो गर्न नहुने विचारसमेत व्यक्त गरे। हेटौँडाको उद्योगीहरुले पनि हेटौँडा नै राजधानी रहनुपर्ने बताए। रासस

प्रकाशित: १५ असार २०७६ १३:१२ आइतबार

प्रदेश_३ राजधानी मुख्यमन्त्री सभामुख