राजनीति

पारित भयाे विनियोजन विधेयक


काठमाडौं – प्रतिनिधिसभा बैठकले ‘विनियोजन विधेयक, २०७६’ पारित गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमा सांसदहरूबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ।

यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विभिन्न तीनवटा विधेयक संसदमा प्रस्तुत गरेको छ। बैठकमा सरकारको तर्फबाट अर्थमन्त्रीले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसाैं) संशोधन २०७६  पेस गरेका हुन्। अर्थमन्त्रीले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो।

प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १० असार २०७६ ११:३१ मंगलबार

अर्थमन्त्री डा._युवराज_खतिवडा विनियोजन_विधेयक पारित