राजनीति

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

फाइल फोटो

काठमाडौं - प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठ र अखिलकै उदयपुर जिल्ला सदस्य  विकास तामाङ छन्।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले जानकारी दिए।

प्रकाशित: ५ असार २०७६ ०५:५२ बिहीबार

पक्राउ नेत्र_विक्रम_चन्द प्रतिबन्धित विप्लव