राजनीति

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रियसभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई मनैदेखि स्विकार गर्न नसकेको दावी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए। सरकारले सडक र सदनको दवाव थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्विकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ।

प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो? भन्ने आशंका जन्माएको दावी पनि गरे।

प्रकाशित: ४ असार २०७६ १०:१३ बुधबार

नेपाली_कांग्रेस गुठी_विधेयक राष्ट्रियसभा