राजनीति

कांग्रेस नेता प्रधान भन्छन्- सरकारले बुझोस्, धुलोपिठो बनाउलान् फेरि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले भने ‘सरकारले बुझोस्। राजा फाल्ने शक्तिले तपाईलाई फाल्ने मान्त्रै होइन तपाईलाई मासमा ल्याएर धुलोपिठो बनाउँछन् जनताले। याद गरोस् यो सरकारले।’ उनले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापुर्ण भएको टिप्पणी गरे।

त्यस्तै संस्कृति विद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको संञ्चालन गरि सम्पदाको संरक्षण गरि परम्परालाई कायम राख्नुपर्ने तर्क गरे।

गुठी विधेयकको सडकदेखि सदन सम्म विरोध हुदै आएको छ। राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुदै आएको छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ १२:५९ शनिबार

नेपाली_कांग्रेस भीमसेनदास_प्रधान गुठी_विधेयक