राजनीति

महासमिति सदस्य कार्की समाजवादी प्रवेश

खोटाङ – नेपाली कांग्रेसका महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश गरेका छन्। नवगठित समाजवादी पार्टीको शनिबार विराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमको अवसर पारेर कार्की समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

कार्कीलाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले स्वागत गरेका थिए। कार्की कांग्रेसका पूर्वजिल्ला सचिव एवं नेपाल शिक्षक संघका पूर्वअध्यक्ष हुन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:०० आइतबार

नेपाली_कांग्रेस केशव_कार्की समाजवादी_पार्टी प्रवेश