राजनीति

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा बधाई दिएकि छिन्। राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन्।

राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाएको बधाई सन्देशमा लेखिएको छ 'उहाँको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना।'

प्रकाशित: १८ वैशाख २०७६ ०७:०५ बुधबार

राष्ट्रपति_विद्यादेवी_भण्डारी जापानका_सम्राट_नारुहितो बधाई