राजनीति

फेरि बस्ने गरी सकियाे राप्रपा–सरकारबीचकाे वार्ता

काठमाडाैं - सरकार र आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको वार्ता सकिएको छ।

मंगलबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सैद्धान्तिक र जनजीविकासँग सम्बन्धित कुरा भएका राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नागरिक न्युजलाई बताए।

राजनीतिक विषयले प्रवेश पाए पनि निष्कर्षमा भने नपुगिएको उनले बताए। फागुन ७ गते धर्मनिरपेक्षबारे जनमतसंग्रहलगायत २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै आन्दोलन गर्दै आएको थियो।

वार्तामा सरकारी टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

राप्रपाको तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै पहिलो वार्ता सकिएको बताए। सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरेको छ।

बैठक अर्को हप्ता पुन बस्ने बताइएको छ।

 

प्रकाशित: १० वैशाख २०७६ ०९:४३ मंगलबार

राप्रपा_बैठक दीपक_बोहरा राप्रपा_आन्दोलन