राजनीति

५० स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

मकवानपुर - प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल किन्न स्वीकृति दिएको छ। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो।

सरकारले ३७ वटा स्थानीय तहबाट एम्बुलेन्स, ६ वटाबाट दमकल र सातवटाबाट शववाहन माग भएकाले खरिद गर्न ससर्त अख्तियारी प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए। उनका अनुसार प्रदेश सरकारले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न ससर्त अनुदानको व्यवस्था गर्ने निर्णय गरेको छ। त्यस्तै, हेटौंडा उपहानगरपालिका–१५ मा अटो भिलेज निर्माणका लागि उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री ढुंगेलले बताए।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना क“डेल खनाललाई नियुक्त गरेको छ। नवनियुक्त सदस्य डा. क“डेललाई सोमबारै मुख्यमन्त्री डोरमणि पौडेलले शपथग्रहणसमेत गराएका छन्।

प्रकाशित: १० वैशाख २०७६ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App