काठमाडौं – विवेकशील साझा पार्टीले सरकारी जग्गा कब्जासहित भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ। उक्त पार्टीले शनिबार खबरदारी कार्यक्रम गरेको हो।
विवेकशीलले प्रदेश नं १ मा बिर्तामोडको मुक्ति चोक र इटहरी बजार, प्रदेश नं २ मा बीरगन्जको घण्टाघर र सिरहाको लहान बजार, प्रदेश नं ३ मा भरतपुरको चौबिसकोठी र काठमाडौँको माइतीघर मण्डला, गण्डकी प्रदेशमा कावासोतीको फलफुल चोक र पोखराको श्रृजना चोक, प्रदेश नं ५ मा बुटवलको ट्राफिक चोक, कर्णाली प्रदेशमा वीरेन्द्र चोक वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीको पार्कमोडमा खबरदारी कार्यक्रम गरेको हो।
काठमाडौँको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको न्यूनीकरण नभई देश रुपान्तरण सम्भव नभएको बताए।
प्रकाशित: ८ वैशाख २०७६ ०२:१५ आइतबार