राजनीति

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वएआईजी श्रेष्ठ

काठमाडौं– सरकारले पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वएआईजी राजेश श्रेष्ठलाई नियुक्त गरेको छ। 

श्रेष्ठलाई मन्त्रिपरिषदको हालैको बैठकले नियुक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नागरिकलाई जानकारी दिए। 

तत्कालिन कार्यकारी निर्देशक पन्नाकाजी अमात्यको निधन भएपछि सो पद डेढ वर्षदेखि रिक्त थियो। उक्त पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट श्रेष्ठलाई नियुक्त गरिएको हो। सो पदका लागि नेपाली सेनाका उपरथीद्वय जगदीशचन्द्र पोखरेल र देवेन्द्रबहादुर मेधासी प्रतिस्पर्धाको अन्तिम ३ जनामा छनोट भएका थिए। तीन जनामध्ये श्रेष्ठ नियुक्त भएका हुन्।

प्रकाशित: ७ वैशाख २०७६ ०८:१० शनिबार

पराराष्ट्र_मामिला_अध्ययन_प्रतिष्ठान राजेश_श्रेष्ठ कार्यकारी_निर्देशक सरकार