राजनीति

नेविसंघको तदर्थ समिति चाँडै आउँछ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन्। नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सबैको भावना समेट्ने समिति ल्याउने स्पष्ट पारेका हुन्।

‘हामी चाँडै नेविसंघको तदर्थ समिति ल्याउँछौं’, उनले भने, ‘३२ वर्षमाथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने खालको विद्यार्थीको भावना समेट्ने र ईच्छाअनुसार काम गर्न सक्ने समिति ल्याउँछौं।’

सभापति देउवाले पछिल्लो समय सरकारका गतिविधिले लोकतन्त्र नै खतरामा परेको भन्दै यसका विरुद्ध लाग्न सबैलाई आग्रह गरे। ‘कहीँ पनि राम्रो काम हुन सकेको छैन। भ्रष्टाचार बढेको छ’, उनले भने, ‘यो सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन। यसकाविरुद्धमा हामी सबैको ध्यान जानुपर्छ।’

 

प्रकाशित: ६ वैशाख २०७६ ०५:४१ शुक्रबार

नेविसंघ कांग्रेस शेरबहादुर_देउवा