राजनीति

संसदीय समिति बारा जाने

काठमाडौं – तराईका दुई जिल्ला वारा र पर्साका हुरी प्रभावितलाई राहत वितरण प्रभावकारी नभएको आवाज उठ्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गर्ने भएको छ।

समितिका सदस्यहरू वैशाख पहिलो साताभित्र वारा र पर्साका हुरी प्रभावित क्षेत्रमा जाने तयारी भएको समिति सभापति शशि श्रेष्ठले बताइन्।

हुरीपीडित कतिपय परिवारमा अझै पनि राहत नपुगेको गुनासो आएकाले अध्ययनका लागि त्यसतर्फ जाने निर्णय समितिको बुधबारको बैठकले गरेको हो। समितिले १९ गते सरकारलाई राहत वितरण र पुनस्र्थापनालाई प्रभावकारी बनाउन निर्देशन दिएको थियो। अनुगमनबाट फर्केर आएपछि सरकारसँग छलफल गर्ने तयारीमा समिति रहेको जानकारी सदस्य प्रेम सुवालले दिए।

 

प्रकाशित: ३० चैत्र २०७५ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App