राजनीति

घाइतेको उपचारमा कुनै कमी नहोस् : सभामुख महरा

काठमाडौं-प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले हावाहुरीका कारण घाइते भएकाको उपचारमा कुनै कमी नगर्न सरकारसँग आग्रह गरेका छन्। 

एक वक्तव्य जारी गर्दै महराले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष आग्रह गरेका हुन्। उक्त घटनामा पीडित बनेका बारा र पर्सालगायतका जिल्लाहरुमा कुनै विलम्ब नगरी राहत र उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई अनुरोध गरेका छन्। 

सभामुख महराले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीनका योजना बनाई व्यवहारिक रूपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षसमेत गराएका छन्।

प्रकाशित: १८ चैत्र २०७५ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App