राजनीति

विस्थापितलाई तत्काल पुनर्स्थापना गर : कांग्रेस

काठमाडौं–नेपाली कांग्रेसले बारा र पर्सामा हावाहुरीले विस्थापित बनेको परिवारलाई तत्काल पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गरेको छ।

कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको उद्धार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरुको पुनर्स्थापनाका लागि सरकारलाई आग्रह गरेको हो। 

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा कांग्रेससँग सम्बद्ध सबै भ्रातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्धार तथा राहत कार्यमा खट्न आपिलसमेत गरिएको छ।

प्रकाशित: १८ चैत्र २०७५ ०६:१६ सोमबार

कांग्रेस हावाहुरी विस्थापित पुनर्स्थापना