राजनीति

नागरिकता विधेयक फिर्ता लिन माग

काठमाडाैं- नेकपा (माले)ले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको छ। 

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय, रातोपुल, काठमाडौँमा सम्पन्न स्थायी कमिटीको बैठकले सरकारले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउँदै उपरोक्त माग सम्बन्धमा राष्ट्रिय हित अनुकूलका प्रावधान ऐनमा समेट्न माग गरेको हो। 

विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्मी यहीँ बसोबास गर्ने आधारमा जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्नेका सन्तानले त्यसप्रकार वितरित भएका नागरिकता प्रमाणपत्रको न्यायिक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्तै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने निष्कर्ष निकालेको छ। 

सेना परिचालनमा राष्ट्रिय सुरक्षा समिति र राष्ट्रपतिको भूमिकालाई न्यूनीकरण गरिएमा जनतामाथि निरङ्कुशतन्त्र र सैनिक शासनको खतरा बढने हुँदा त्यसतर्फ सतर्क हुन सरकरलाई बैठकले आग्रह गरेको छ। रासस

प्रकाशित: ६ चैत्र २०७५ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App