राजनीति

नागरिकता किर्तेको सजायमा कडाइ

काठमाडौं- नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायँलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड सजायँलाई कडा वनाउने निर्णय गरेको हो।

वैठकले कुनै विदेशीले प्रक्रिया नपुर्‍याई नेपाली नागरिकता लिएमा पाँच बर्ष देखि ७ वर्ष जेल र ३ लाख जरिवाना हुने ब्यवस्था कायम गरेको छ।

यस्तै गतल विवरणलाई सनाखत गरि नागरिकता लिए १ देखि ३ वर्ष सम्म जेल सजायका साथै १ देखि ३ लाख रुपैयाँ जरिवानाको ब्यवस्था राखिएको छ।

नागरिकता किर्ते गर्नेलाई १ देखि ३ लाख जरिवान र ३ देखि ५ बर्ष सम्म जेल सजायको ब्यवस्था समितिले पारित गरेको छ। झुट्टा विवरण पेश गरि नागरिकता लिएमा ६ महिनादेखि साढे एक वर्ष जेल र २५ हजारदेखि १ लाख जरिवाना तोकिएको छ। यस्तै एक भन्दा वढी नागरिकता लिए ३ देखि ५ बर्ष जेल र १ लाख देखि ३ लाख जरिवानाको ब्यवस्था राखिएको छ। समितिले यस अघि भएको प्रवाबधानलाई परिमार्जन गर्दै नयाँ प्रस्ताव तयार पारेको हो। नागरिकतासम्बन्धी विधेयक अहिले संसदको राज्य व्यवस्था समितिमा दफाबार छलफलको क्रममा छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १२:०२ बिहीबार

नागरिकता सजाय किर्ते