राजनीति

विवेकशील नेपालीको ध्यानाकर्षण

काठमाडौं – सरकार र सिके राउतबीच भएको सहमतिमा विवेकशील नेपालीले ध्यानाकर्षण भएको जनाएको छ। सिके राउतको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति स्वागतयोग्य भएपनि सहमतिमा केही शब्द चयनमा सरकार चिप्लिएको विवेकशीलको आरोप छ। यसले केही आशंका उत्पन्न गराएको उक्त दलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विवेकशील नेपालीले कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुति सरकारको नेतृत्वको हैसियतमा हो कि दलको नेताका रूपमा हो भनेर प्रश्न उठाएको छ।

सहमतिको प्रक्रिया पारदर्शी नभएको भन्दै उक्त दलले नागरिकहरूप्रति जवाफदेहीताका निम्ति सरकारले यी सम्पूर्ण प्रक्रियाको श्वेतपत्र जारी गर्न माग गरेको छ। नेपालको संविधानको धारा २७५ अनुसार ‘राष्ट्रिय महत्वका विषयमा संघीय संसद्को दुई–तिहाइ बहुमतबाट जनमतसंग्रहको निर्णय गर्न सक्ने भए पनि राष्ट्रिय हित, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र एकतामा खलल पु¥याउनेगरी हुने सम्झौतामा सरकार अत्यन्त संवेदनशील हुनुपर्ने कुरामा उक्त दलले ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App