राजनीति

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार दिउँसो महाराजगञ्जस्थित अस्पताल पुगेका थिए। डा. अरुणा सायमीको नेतृत्वको टोलीले चेकजाँच गरेपछि ओली राती डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार स्वास्थ्य परीक्षण गरेर ओली सरकारी निवास बालुवाटार फर्केका छन्। चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

प्रकाशित: २२ फाल्गुन २०७५ १५:२२ बुधबार

केपी_शर्मा_ओली त्रिवि_शिक्षण_अस्पताल स्वास्थ्य_परीक्षण डिस्चार्ज