राजनीति

मन्त्रिपरिषद्ः पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय

काठमाडौं– सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ। 

आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  

अधिकारीको शनिवार राती ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:५९ आइतबार

भरतमोहन_अधिकारी मन्त्रिपरिषद्_बैठक राजकीय_सम्मान