राजनीति

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

तस्बिर सौजन्यः गोविन्द गिरीको फेसबुक

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ। मध्याह्न १२ बजेसम्म उनको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। अहिले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:०९ आइतबार

भरतमोहन_अधिकारी नेपाल_कम्युनिष्ट_पार्टी केपी_शर्मा_ओली पुष्पकमल_दाहाल