राजनीति

नेविसंघको झडपले उग्र रूप लिँदै, दर्जनबढी विद्यार्थी नेता कार्यकर्ता घाइते

काठमाडौँ - नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा दर्जनबढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन्। संस्थापन पक्ष र सिटौला समूहका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेर हदको विषयलाई लिएर विवाद हुँदै आएको थियो।

पार्टी कार्यालय सानेपामा सोही विषयलाई लिएर दुई विद्यार्थी समूहले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनले उग्र लिएपछि प्रहरीले लाठी चार्ज गरेको हो। घाइते विद्यार्थीहरुलाई अस्पताल लगिने तयारी भइरहेको विद्यार्थी नेता सुशील भट्टले नागरिक न्युजलाई जानकारी दिए।

प्रकाशित: १२ फाल्गुन २०७५ ०७:४३ आइतबार

नेविसंघ झडप विद्यार्थी घाइते