राजनीति

कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पारित, राष्ट्रियसभाले सांसदलाई दियो ७२ घण्टा समय

काठमाडौं– कर्मचारी समायोजन विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ। शुक्रवार अपराह्न बसेको बैठकले समायोजन विधेयक बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक प्रस्तुत गरेका थिए। विधेयकमा कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नेबारे विभिन्न व्यवस्था उल्लेख छ। 

प्रतिनिधिसभाबाट पारित विधेयक शुक्रवारै राष्ट्रिय सभामा पठाइएको छ। राष्ट्रिय सभाले विधेयकमा संशोधन प्रस्तावका लागि सांसदलाई ७२ घण्टाको समय दिएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७५ १२:३८ शुक्रबार

संसद कर्मचारी_समायोजन_विधेयक बहुमत पारित